बालुवाटारमा आठ दलको बैठक जारी

काठमाडौँ - पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दलीय गठबन्धनको सयुक्त बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने दलहरुको उपस्थिति रहेको छ ।

सो बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्च, जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरु सहभागी रहेका छन् ।