अरुण चौधरीसहित तीन जनाको म्याद थप गरिँदै

काठमाडौँ - बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित तीनै जनाको म्याद आज थपिँदैछ ।

कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर ४ दिनदेखि थुनामा छन् ।

माघ १८ गते पक्राउ परेका उनीहरुलाई जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर, उनीहरु हाल ग्राण्डी अस्पतालमा भर्ना भएर बसेका छन् ।