चितवनमा हात्तीले चार घर भत्कायो

काठमाडौँ - चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले  बस्तीमा पसेर चारवटा घर भत्काइदिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चारवटा घरमा  क्षेति पुराएको जानकारी दिएका छन् ।

हात्तीलाई बस्ती पस्न नदिनका लागि स्रोत, साधन उच्चस्तरको प्रविधि प्रयोग गरिएको भएता पनि रोक्न नसकिएको र  हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको छ।

हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।