नेकपा एसको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

नेकपा एसको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

मंसिर १८, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादी नेकपा एसले महाधिवेशनको मिति तय गर्न आजका लागि सचिवालय बैठक बोलाएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बोलाइएको हो ।
 
यसअघि नेकपा एसले आगामी माघमा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो । त्यो समयमा राष्ट्रिय सभाको निर्वाचन हुने भएकाले नयाँ मिति टुङ्गो लगाउन आजका लागि लागि सचिवालय बैठक बोलाइएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा अन्तरपार्टी निर्देशन अपानिमा नेताहरूको जिम्मेवारी हेरफेर, र कार्यविभाजन गर्नेदेखि विभिन्न कमिटीमा प्रतिनिधि मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने खतिवडाले जानकारी दिए । 

साथै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तथा पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, देशभर पार्टी सङ्गठन विस्तार र पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना बनाउनेलगायतका विविध विषयमा छलफल गर्ने बताइएको छ ।