‘रिगल’ को आममाफी विरुद्धको रिटको पेशी बिहीबार हुने 

 काठमाडौँ - हत्याको आरोपमा जेलमा रहेका बाँकेका रिगल भनिने योगराज ढकालको आममाफीविरूद्वको रिटमा बिहीबार सुनुवाई हुने भएको छ ।

संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगललाई आममाफी दिएका थिए ।
रिगलले २०७२ साल असार २९ गते नेपालगञ्जकै २९ वर्षीय चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गरेका थिए । अदालतले उनलाई सर्वस्वसहित जन्मकैद सुनाएको थियो ।

सरकारको सिफारिमा राष्ट्रपतिले रिगललाई आममाफी दिएपछि मृतक चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । उनले रिगलको आममाफी फिर्ता हुनुपर्ने माग राखेकी छिन् ।