विद्यालयबाट घर फर्किने क्रममा बाढीले बगाउँदा दाजु बहिनीको मृत्यु

 काठमाण्डौँ - रुकुम पश्चिमको चौरजहारीमा बाढीले बगाउँदा दाजु बहिनीको मृत्यु भएको छ । आइतबार स्थानीय न्याउला खोलामा आएको बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा चौरजहारी नगरपालिका वडानम्बर(६, घर्तीकाँडाका ८ वर्षीय मनोज बुढाथोकी र ४ वर्षीया भावना बुढाथोकी रहेका छन् ।

आधारभूत विद्यालय घर्तीकाँडाबाट घर फर्किने क्रममा दाजु बहिनीलाई बाढीले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।