वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

काठमाडौं - वीर अस्पतालको छैटौं तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ ।सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका रहेको अस्पतालका सूचना अधिकारी सागर मिश्रले जानकारी दिएका छन् ।

सूचना अधिकारी मिश्रका अनुसार घटना आज बिहान करिब २÷३ बजेतिरको हो । उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनी माथि तलामा गएर हाम फालेका थिए ।

अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ । ‘उनी बाहिरका मान्छे हुन् । यो मेरो मान्छे हो भनेर कोही भन्न आएको पनि छैन, लाश बेवारिसे अवस्थामा छ,’ मिश्रले भने ।