एक महिनादेखि ललितपुरको धापाखेलबाट हराइरहेका युवा अझै आएनन् सम्पर्कमा

काठमाडौँ । झन्डै एक महिनाअघिदेखि हराइरहेका युवा अझै भेटिएका छैनन् ।

ललितपुरको धापाखेलबाट हराएका सिरहाको कल्याणपुर नगरपालिका- ३ घर भइका २० वर्षीय अरुणकुमार शर्माअसार २५ गते बेलुका सवा ७ बजेतिर साथीलाई भेटेर कोठामा फर्किने क्रममा सम्पर्क बिहीन भएको उनका दाजु रविकुमारले जानकारी दिए ।

अरुणकुमार ललितपुरमा बसेर पढ्दै आएका थिए । उनका दाजु रविकुमारले भाइ हराएको भोलिपल्टै २६ गते प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएका थिए ।

यद्यपी एक महिना बितिसक्दा पनि प्रहरीले वास्ता नगरेको रविकुमारले गुनासो गरेका छन् ।