वर्तमान सरकारले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्छ : विमलेन्द्र निधी

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान सरकारले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका छन् ।

जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यस्तो बताएका हुन् ।

तत्काल गठबन्धनभित्र कुनै किसिमको असन्तुष्टि हुने सम्भावना नरहेको बताउँदै निधीले यसले देशमा विकासका बाटाहरु समेत प्रशस्त गर्ने दाबी गरे ।

उनले दुई ठूला दल मिलेर बनेको यो सरकारले मुलुक राजनीतिक, आर्थिक, सामाजिक तथा शैक्षिक विकासको दिशामा काम गर्ने स्पष्ट पारे।