आठ किलो गाँजासहित बाराबाट २५ वर्षीया युवती पक्राउ

काठमाडौँ । आठ किलो गाँजासहित बारामा एक युवती पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका- ७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठ छिन् । उनलाई प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जितपुर सिमरा उपमहानगरपालिका-१ आधाभार जंगलबाट उनलाई पक्राउ गरिएको बताए ।

पक्राउ परेकी श्रेष्ठविरुद्ध लागुऔषधको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।