२०८२ वैशाखमा रास्वपाको राष्ट्रिय महाधिवेशन, छायाँ सरकार गठनको अभ्यास थाल्ने

 काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको भावी रणनीति तथा कार्यदिशा तय गर्न आयोजना गरिएको दुई दिने बन्द कार्यशाला शनिबार सकिएको छ । कार्यशालामा पार्टीको विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र लिडरसिप एकेडेमीरक्यान्डिडेट क्लब गरी ६ विधामा छलफल भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

कार्यवाहक प्रवक्ता झाकाअनुसार बन्द कार्यशालाले पार्टीको राष्ट्रिय सम्मेलन २०८१ असोज ३ र ४ गते तथा राष्ट्रिय महाधिवेशन २०८२ वैशाख तेस्रो सातामा गर्न सुझाव दिएको छ । विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेस गर्न सुझाव दिएको छ ।