मर्दी बेस क्याम्पबाट ६ महिना अघि बेपत्ता स्वीडिस नागरिकको अवशेष फेला  

काठमाडौँ । मर्दी हिमालको आधार शिविरबाट ६ महिना अघि बेपत्त स्वीडिस नागरिकको अवशेष फेला परेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मर्दी हिमालको बेस क्याम्पमा फेला परेको अवशेष गएको पुस १४ गतेदेखि सम्पर्कविहीन भएका २२ वर्षीय माइकल लिउको भएको पुष्टि भएको छ।

स्विडेनमा रहेको परिवारले भेटिएका कपडाको ब्रान्ड, मोबाइल आदिबाट लिउकै भएको पुष्टि गरेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

गएको पुस १४ गते मर्दी हाइ क्याम्पबाट बिहान ४ बजेतिर बेस क्याम्प हिँडेका २२ वर्षीय लिउ बेलुका होटेल नफर्किएपछि उनको खोजी सुरु भएको थियो।