विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक सदस्यमा पूर्वसचिव देवेन्द्र कार्की र पूर्वसहसचिव महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले शुक्रबार नै कार्की र गुरुङलाई नियुक्त गरिसकेको जनाएको छ । मन्त्रीस्तरीय निर्णयबाट कार्की र गुरुङलाई प्राधिकरणको सञ्चालक समितिका सदस्यमा शुक्रबार नै नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताए । 

कार्की पूर्वउर्जा तथा भौतिक सचिव हुन् । गुरुङ विद्युत् विकास विभागको पूर्वमहानिर्देशक र पञ्चेश्वर विकास प्राधिकरणका सीईओ थिए । गुरुङलाई उपभोक्ताका तर्फबाट र कार्कीलाई उर्जा विज्ञका रुपमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।