'सरकार ढाल्न एमालेसँग सहकार्य भएको छैन' : सभापति लामिछाने 

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकार ढाल्नको लागि एमालेसँग सहकार्य नभएको दावी गरेको छन ।
 तर सरकार कर्मकाण्डी ढंगले अगाडि बढे विकल्पमा आवश्यक निर्णय लिने बताएका छन् ।

‘हामी अहिले सरकार ढाल्ने विषयमा छैनौं, त्यसमा इन्ट्रेस देखाएका पनि छैनौं । सरकार कर्मकाण्डी ढंगले चलिरहे कुनै न कुनै निर्णय गर्छौं’, उनको भनाई थियो । सरकार बनाउने भन्दा पनि पार्टी निर्माण, संगठन विस्तारमा लागिरहेको उनले बताए ।