बालेनलाई एमालेको चेतावनी : 'आफू काठमाडौं महानगरको मेयर हो भन्ने नबिर्सिनु'

 काठमाडौँ - सत्तारुढ नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले बालेन शाहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नर्बिसन चेतावनी दिएका छन् । आज  प्रतिनिधिसभाको बैठकमा बोल्दै हरेक व्यक्तिको सीमा र अधिकार तोकिएको बताए ।

उनले भने, ‘काठमाडौं महानगरका प्रमुखलाई हामी सहयोग गर्न तयार छौँ । काठमाडौं फोहोर व्यवस्थापन र चोक चोकमा सांस्कृतिक सहर एमालेले बनाएको हो । 

अहिले पनि बालेनजीलाई म भन्न चाहन्छु पैसा कति चाहियो सरकारले दिन तयार छ । सरकारले दिन्छ । प्रधानमन्त्री अर्थमन्त्री र सम्बन्धित मन्त्रीलाई भनौँला । काठमाडौँलाई अझै सुन्दर बनाउने योजना के छन्, आउनुस् । तर, उत्तेजना फैलाएर हुँदैन । तपाईंमार्फत् लाखौं युवाहरूले भविष्य खोजेका हुन् । तर पछिल्लो दिनमा जसरी जाँदै हुनुहुन्छ त्यसले ती युवाहरूलाई धोखा हुन्छ ।’ उनले नेताहरू जेल बसेको कुरालाई मजाकमा उडाएको भन्दै असन्तुष्टि पोखे ।
यस्तै सांसदश भट्टराईले झापाको गिरीबन्धु जग्गा प्रकरणमा नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चुनौती दिएका छन् । थापाले गएको आइतबारको प्रतिनिधिसभा बैठकमा बोलेको विषयतर्फ लक्षित गर्दै भट्टराईले पार्टी र अध्यक्ष केपी शर्मा ओलीमाथि नियोजित ढंगले प्रचार र आरोप लगाउने षड्यन्त्र भएको बताए ।