हुरीले ढालेको रुखले  कैलालीमा किच्दा वृद्धको मृत्यु  

काठमाडौँ ।  कैलालीको टीकापुर नगरपालिका–१ विशालनगरमा हुरीले ढालेको रुखले किच्दा एक वृद्धको मृत्यु भएको छ।

सोमबार राति ९ बजेतिर आएको हावाहुरीले रुख ढाल्दा  विशालनगरस्थित गल्ली नं ६ मा  ७० वर्षका दलु पुरीको ज्यान गएको हो ।

रुख ढलेर घर च्यापिँदा पुरीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थीले जानकारी दिए।