मकवानपुरमा हावाहुरीले ढालेको रुखले च्यापिएर २२ वर्षीय युवकको मृत्यु

काठमाडौँ । मकवानपुरमा हुण्डरीले ढालेको रुखले च्यापिएर एक युवकको मृत्यु भएको छ । मनहरी गाउँपालिका- २ ट्यांकी दमारमा २२ वर्षीय रामबहादुर गोलेको मृत्यु भएको हो ।

मंगलबारबिहान घर नजिकै रहेको जंगलमा घाँस काट्न गएका गोलेको हुण्डरीले ढालेको रुखले लागेर मृत्यु भएको अवस्था फेला परेको मनहरी- २ का वडाध्यक्ष राजकुमार पाख्रिनले जानकारी दिए।

आज बिहान १० बजेतिरको समयमा आएको हावाहुरीका कारण ढलेको रुखले गोलेलाई थिचिरहेको अवस्थामा आफन्तहरुले उनको शव फेला पारेको वडाध्यक्ष पाख्रिनले बताए ।

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरीको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।