संसदमा राजेन्द्र लिङ्देनले अर्थमन्त्री खोजेपछि  १५ मिनेटका लागि बैठक स्थगित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अर्थमन्त्री नआइ बजेटमा भाग नलिने अडान लिएपछि केहीबेर छलफल अवरुद्ध भएको छ।

बजेट छलफलमा भाग लिन रोष्ट्रममा पुगेका लिङ्देनले अर्थमन्त्रीलाई सुनाउन बोल्न आएको भन्दै उनी नआइ नबोल्ने अडान राखे।

अर्थमन्त्री वर्षमान पुन राष्ट्रियसभा बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिन गएका थिए। बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले ‘मन्त्रीज्यू केहीबेरमा आउनुहुन्छ माननीयज्यू अगाडि बढ्नुस् भने पनि उनी बोल्न मानेनन्।’

त्यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरे।