संसद्‍बाटै बालेनमाथि खनियो एमाले, मजाक नउडाउन चेतावनी  

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले संसद्‍बाटै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहमाथि खनिएको छ। मंगलबारको प्रतिनिधिसभामा एमाले सचिव एवं सांसद योगेश भट्टराईले प्रमुख बालेन पछिल्लो समय अराजक बनेको भन्दै आक्रोश पोखेका हुन्। 

‘बालेनजीले चुनाव चितेलगत्तै हाम्रा अध्यक्षले तबला उपहार दिनुभएको थियो। तबेला भने करुणा, प्रेम, सद्भाव र संयमता हो’, उनले भने, ‘तर उहाँले अहिले संयमता गुमाउँदै लानुभएको छ।’

महानगर प्रमुख बालेनले जुन हिजो लडेर अहिलेको व्यवस्था ल्याउने नेताहरूकै मजाक उडाएको टिप्पणी गरे। भट्टराईले प्रश्न गरे, ‘नेताहरू जेल बसेको कुरालाई मजाकमा उडाउनुभएको छ। जसले यो व्यवस्था ल्याएका हुन्, तपाईँ त्यही व्यवस्थामा नगर प्रमुख हुनुहुन्छ अनि ती नै नेताहरूको मजाक उडाउने ?’

बालेनले सामाजिक सञ्जालमार्फत विभिन्न आरोप थोपर्दै जेल जान तयार हुन चेतावनी दिएपछि एमाले आक्रोशित भएको हो। त्यसलाई एमालेले अनुचित भण्डाफोर भनेको छ। 

‘यो ढंगले भण्डाफोर गर्ने हो भने आफ्नै अस्तित्वमाथि चिथोर्दै हुनुहुन्छ, प्रश्न उठाउँदै हुनुहुन्छ’, एमाले सचिव भट्टराईले भने, ‘हरेक व्यक्तिका सीमा र अधिकार छन्। त्यसभित्र बस्नुपर्छ।’