ठूला बैंकको कर्जा गुणस्तर परीक्षण गर्ने प्रक्रिया शुरू

 काठमाडौँ - नेपाल राष्ट्र बैंकले ठूला र प्रणालीगत रुपमा महत्वपूर्ण मानिएका १० बैंकको कर्जा गुणस्तर जाँच गर्ने प्रक्रिया अघि बढाएको छ । अन्तरराष्ट्रिय मुद्रा कोष आईएमएफसँग विस्तारित कर्जा सुविधा ९ईसीएफ० प्राप्त गर्नुअघि नेपालले १० ठूला बैंकको बाह्य लेखापरीक्षण गराउने प्रतिबद्धता जनाएको थियो ।

सोही व्यवस्थालाई कार्यान्वयन गर्ने प्रक्रिया थालिएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंकको सम्पत्ती तथा सेवा व्यवस्थापन विभागले यसका लागि लेखापरीक्षण नियुक्त गर्ने प्रक्रिया अघि बढाएको हो ।

राष्ट्र बैंकले यसै आर्थिक वर्षभित्रै उक्त काम गर्ने भनेको थियो । सोही प्रयोजनमा सघाउ पुगोस् भनेर केन्द्रिय बैंकले यो आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत् बैंकहरुको पूँजी पर्याप्तता अनुपातमा समेत संशोधन गरिदिएको थियो । १ करोडसम्मको कर्जालाई ‘रिटेल पोर्टफोलियो’ मान्न पाइने पुरानो व्यवस्थालाई दोब्बर पारेर २ करोडको सीमा निर्धारण गरिदिनुको पछाडी बैंकहरुको अवस्था राम्रो भएको देखाउनु नै हो ।