सरकार जोगाउन नसकेपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा

 धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले पदबाट राजीनामा दिएका छन् । सरकार अल्पमतमा परेपछि उनले राजीनामा दिएका हुन् । सरकार जोगाउन अन्तिम समयसम्म प्रयास गरे पनि विश्वासको मत जुट्न नसक्दा उनी राजीनामा दिन बाध्य भएका हुन् ।

आजै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली चौधरीले पनि अल्पमतमा परेपछि राजीनामा दिएका थिए । मुख्यमन्त्री शाहले आजै विश्वासको मत लिने कार्यतालिका थियो । विश्वासको मत दिने नदिने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र चर्को मतभेद भएको र स्वतन्त्र सांसदले समेत विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन् ।