इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने काँग्रेसको निर्णय

काठमाडौँ - नेपाली कांग्रेसले इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सभापति देउवा यसअघिदेखि नै खड्कालाई उम्मेदवार बनाउने अडानमा थिए । शेखर कोइरालाले भेषराज आचार्यलाई उम्मेदवार बनाउने अडान राख्दा सहमति जुट्न सकेको थिएन ।