जसपा समानुपातिक सांसद : बाँकेकी हसिना खानको नाम सिफारिस

काठमाडौँ - जनता समाजवादी पार्टी जसपाले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थान पूर्तिका लागि केन्द्रीय कार्यकारिणी समितिको बिहीबारको बैठकले २७ वर्षीया खानलाई सिफारिस गरेको जसपाको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित मञ्जुको निधन भएपछि एक पद रिक्त थियो ।

शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन् । उनको पनि सिभिल अस्पतालमा उपचारको क्रममा चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिना सिफारिसमा परेकी हुन् ।