राष्ट्रियसभा उपाध्यक्षमा एमालेले विमलालाई उठाउने  

काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।

राष्ट्रियसभामा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालका अनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । दाहालले गठबन्धनमा उपाध्यक्ष आफूहरूले पाउने सहमति भइसकेको बताए ।

सत्ता गठबन्धनमा माओवादीले अध्यक्ष लिएपछि एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो । तर, नेकपा एकीकृत समाजवादी पनि गठबन्धनमा जोडिएपछि उपाध्यक्षमा दाबी गरेपछि यो विषय सहमतिबाट हटाइएको थियो ।