नयाँ गठबन्धनको नयाँ निर्णय : दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली !

 काठमाडौँ - प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको बाँकी कार्यकाल आधा–आधा नेतृत्व गर्ने सहमति भएको छ ।

कांग्रेससँगको सहकार्य तोड्दै नयाँ गठबन्धन बनाउँदा प्रचण्ड र ओलीबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो । हाम्रा अध्यक्ष र प्रधानमन्त्रीबीच धेरै कुरा प्याकेजमै सहमति भएको र सरकारको बाँकी कार्यकाल २ र२ वर्ष बाँड्ने उनीहरूबीच सहमति भएको एक नेताले जानकारी दिए । गत सालको पुस १० गते माओवादी अध्यक्ष प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । त्यतिबेला ओली र प्रचण्डबीचमा साढे दुई वर्षर साढे दुई वर्ष प्रधानमन्त्री हुने सहमति भएको थियो ।

तर दुई महिनामै प्रचण्डले गठबन्धन फेरेर कांग्रेसको साथ लिएपछि एमालेले सरकार छोडेका थिए । एमाले सरकारबाट बाहिरिएको एक वर्षपछि फेरि प्रचण्डसँगको पुरानो गठबन्धन ब्युँत्याएर सरकारमा सहभागी हुने निर्णय गरेको हो । एमालेसहितका चार मन्त्रीहरूले आजै शपथ लिँदैछन् ।