मन्त्रिपरिषद् पुनर्गठन : पहिलो चरणमा तीन जना मन्त्री बन्दै

 काठमाडौँ - नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । आजै नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक एक जना मन्त्री नियुक्ति गर्ने प्रधानमन्त्रीले तयारी गरेका छन् ।

जस अनुसार एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याल मन्त्री बन्दै छन् ।
एमालेका गिरी यसअघि पनि प्रचण्ड नेतृत्वको सरकारमा छोटो समय स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका थिए भने रास्वका उपाध्यक्ष समेत रहेका अर्याल श्रम तथा रोजगार मन्त्री बनेका थिए ।