प्रतिनिधि सभा बैठक आज बस्दै, के-के छन् कार्यसूचीहरु ? 

काठमाडौँ - प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले ‘महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन आ।व। २०७९र८०’ पेश गर्ने कार्यसूची रहेको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सबन्धी दोस्रो संशोधन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यसैगरी बैठकमा आ।व। २०८१र८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा कर प्रस्ताव बाहेक माथि छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।