नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई राख्ने माओवादीको निर्णय

काठमाडौँ - नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि राख्ने निर्णय गरेको छ ।

एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीलाई एमालेसमेत रहको नयाँ गठबन्धनमा राख्ने माओवादीले निर्णय गरेको हो। वाम एकताका लागि एकीकृत समाजवादीलाई पनि नयाँ गठबन्धनमा समेट्नुपर्ने माओवादीको निष्कर्ष छ ।