तेस्रोपटक सर्किट लागेर सेयर बजार बन्द !

 काठमाडौँ - सोमबारको सेयर बजारमा तीब्र वृद्धिसँगै तेस्रोपटक सर्किट लाग्दै बन्द हुन पुगेको छ । १९७६ अंकबाट शुरु भएको नेप्से सूचक १२ः०४ बजेसम्म नेप्से सूचक ११७ अंकले बढ्दै २०७८ अंकमा उक्लिएको छ । 

प्रि–ओपनिङको समयमा १५ अंकले बढेको बजार केहीँ मिनेटमा नै पहिलो सर्किट लागेको थियो । त्यसपछि खुलेको बजार पुनः ४ प्रतिशतमाथिले बढ्दै दोस्रो पटक सर्किट लागेर बन्द भएको थियो । यसलगत्तै खुलेको बजार एक मिनेट पनि नटिक्दै तेस्रो पटक सर्किट लागेर बन्द हुन पुगेको छ ।

६ प्रतिशतले बढेको बजारमा आज ३ अर्ब ७५ करोड २० लाख ९९ हजार रुपैयाँ बराबरको ९ लाख ३४ हजार ९१९ कित्ता सेयर बजारमा किनबेच भएको छ ।  २३२ कम्पनीको सेयर कारोबार भएको आज दुईवटा कम्पनी बाहेक बाँकी २३० वटा कम्पनीको सेयर मूल्य आज बढेको छ ।