नयाँ मन्त्रीहरुको सपथ साँझ ६ बजे 

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहेका उपप्रधानमन्त्री सहित सबै मन्त्रीहरुलाई बर्खास्त गरेका छन् ।

सबैलाई बर्खास्त गरेपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालय पुगेर नयाँ ३ जना मन्त्रीको नाम बुझाएर फर्केका छन् । आजै साँझ ६ बजे नवनियुक्त मन्त्रीहरूको सपथ हुनेछ। प्रधानमन्त्री कार्यालयले ५ बजे पत्र पठाउने तयारी गरेको छ। यद्यपि राष्ट्रपति कार्यालयले भने पत्र प्राप्त नहुदै सपथको तयारी गरेर बसेको छ ।’तयारीमा बसेका छौं अब समय तोकेर बोलाउन बाकी छ’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले एमालेबाट पर्वतका पदम गिरी, माओवादी केन्द्रबाट नुवाकोटका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङका डिपी अर्याललाई मन्त्री बनाउन लागेको मौखिक जानकारी राष्ट्रपति कार्यालयमा गराएका छन् ।

नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डा सहित अन्य विषयमा प्याकेजमै सहमति हुन लागेकाले तत्काल तीन जना मन्त्री बन्न लागेका हुन् । प्ररधानमन्त्री निकट स्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादव,रास्वपा सभापति रवि लामिछाने सहित एकीकृत समाजवादी,लोसपा,जनमत र नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा समेट्ने भनेका छन् ।