राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको सपथ 

काठमाण्डौँ - राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । नयाँ वानेश्वरस्थित संसद् भवनमा सङ्घीय संसद् सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले सपथ दिलाएका हुन् । 

त्यस अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिए । सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे । राष्ट्रिय सभा सदस्यका १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो । समारोहमा उपप्रधानमन्धी एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।