रास्वपाबाट डीपी अर्याल मन्त्री बन्दै, गृहमन्त्रीमा लामिछानेको सम्भावना कति ? 

काठमाण्डौँ - राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् । उनले मन्त्री पदको शपथ लिने रास्वपाका एक नेताले बताए । 

नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहेका थिए । गृह मन्त्री बन्न चाहेका उनलाई नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा  माओवादी केन्द्रले गृह मन्त्रालय दिन चाहेनन् । उपसभापति अर्याल सरकारमा सहभागी भएका एक नेताले जानकारी दिए ।