'आठ दलीय गठबन्धन जनताको हित विपरित छ' : राजेन्द्र लिङदेन

 काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक दलहरूले देश र जनताको हित विपरित गठबन्धन निर्माण गरेको आरोप लगाएका छन् ।

दलहरूरुले संविधानको रक्षाभन्दा देश र जनताको हित हुने गरी गठबन्धन बनाउनुपर्ने तर्क गरेका छन् । शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै लिङदेनले यस्तो बताएका हुन् । संविधान गीता,बाईबल, कुरान जस्तो अपरिर्वनीय नभई आवश्यकता अनुसार फेर्न र फ्याक्न मिल्ने भएकाले जनताको हित अनुसार दलहरुले गठबन्धन बनाउन उनले सुझाव दिएका हुन् ।