पूर्वप्रहरी निरीक्षक सई अनिरुद्र यादव बलात्कार आरोपमा पक्राउ

काठमाडौँ - नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक सई अनिरुद्र यादव बलात्कार आरोपमा पक्राउ परेका छन् ।
आमा घरमा नभएका बेला १७ पुसमा बेलुकी ८ बजेतिर कोठामा आएर बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो ।

पीडितले जाहेरीमा उल्लेख गरेअनुसार, आरोपी यादवले कोठा ढक्ढक्याएर पानी मागेको र त्यसपछि भित्र प्रवेश गरेर आफ्नो कोठामा नफर्की बसेका थिए ।