राष्ट्रपति पौडेल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेको भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

आज बिहान काठमाडौं आइपुगेका जयशंकर राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । भेटमा राष्ट्रपति पौडेलले नेपाल-भारत कनेक्टीभिटी, जलवायु परिवर्तनका असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।