प्रधानमन्त्री प्रचण्ड र एस जयशंकरबीच के-के भयो छलफल ?

काठमाडौं - भारतका विदेशमन्त्री डा. एस जयशङ्करले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारमा भएको भेटवार्तामा दुईपक्षीय सम्बन्धका बिषयका कुराकानी भएको थियो । भारत भ्रमणका समयमा भएका समझदारी र सम्झौताहरु कार्यान्वयनमा गइरहेको भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गरेका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटाले जानकारी दिए ।