एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।

बैठक केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार दिउँसो १२ बजेका लागि बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।