राष्ट्रियसभामा एमालेलाई सिट दिन माधव नेपाल असहमत, गठबन्धनको बैठक निष्कर्षविहीन

काठमाडौं - राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सिट दिन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल असहमत भएपछि आज (बिहीबार) बिहान बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रियसभाको सिट बाँडफाँटका लागि बसेको बैठकमा एमालेलाई पनि सिट दिने प्रस्तावमा नेपाल असहमत बनेपछि बैठकमा सहमति हुन नसकेको हो । एमालेलाई सिट दिन नहुने नेपालले अडान लिएका हुन् । आज पुन एमालेसँग छलफल गर्ने निर्णयसहित बैठक स्थगित भएको थियो । यसअघि गठबन्धन दलले हिजो पनि प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गरेको थियो ।