सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं - सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्नेछ ।

बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने बताइएको छ । यसअघि बुधबार पनि बैठक बसेको थियो ।

बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई पनि सिट दिएर जानुपर्ने प्रस्ताव राखेपछि गठबन्धनमा भागबन्डाको टुंगो लाग्न सकेको छैन् ।