बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प

 काठमाडौँ - बझाङमा भूकम्पको धक्का महशुस भएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बझाङको भट्टेखोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पपछि स्थानीयहरू घर बाहिर निस्किएका थिए।
भूकम्पबाट भएको क्षतिबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन ।