रोल्पामा पहिरोले घर पुरिदा हजुरआमा र नातिनीको मृत्यु   

काठमाडौँ । रोल्पामा पहिरोघर पुरिदा हजुरआमा र नातिनीको निधन भएको छ ।

शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

प्रहरीको अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो । घरमा हजुरआमा र नातिनी रहेका थिए। पहिरोमा पुरिएकी ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी बेपत्ता रहेकी छन् ।