कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलको कार्यालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठक दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल हुने जनाइएको छ ।