मुकुल ढकाल भन्छन् – बैठकमा ममाथि चरम दुर्व्यवहार भयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का महामन्त्री डा.मुकुल ढकालले आफू पार्टीबाट दुर्व्यवहार (ह्यारेसमेन्ट) मा परेको गुनासो गरेका छन्।

पार्टी कार्यालयमा दिनभर बसेको केन्द्रीय समिति बैठकपछि निस्कने क्रममा ढकालले यस्तो प्रतिक्रिया दिएका हुन्। 

‘मलाई पार्टीले ह्यारेसमेन्ट गरेको छ,’ उनले सञ्चारकर्मीलाई भने।