विपद्‌मा नागरिकको ज्यान जोगाउन नीति–नियमले नरोकोस् : गृहमन्त्री लामिछाने  

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विपद्को समयमा नीतिगत कुराहरूलाई देखाएर काम नरोक्न निर्देशन दिएका छन् ।

सोमबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३औँ बैठकमा गृहमन्त्री लामिछानेले नीतिगत समस्या भएमा आफूलाई जेठ महिनाको अन्त्यसम्ममा जानकारी गराउन आग्रह गरे ।

विपद् व्यवस्थापनको सम्बन्धमा देखापर्ने नीतिगत समस्याहरूलाई छिटोभन्दा छिटो समाधान गर्न आफू तयार रहेको उनको भनाइ छ । मन्त्री लामिछानेले विपद्को बेलामा नागरिकको ज्यान जोगाउने कुरा महत्त्वपूर्ण हुने भन्दै नीति, नियम र कार्यविधिहरूले स्रोत, साधनलाई परिचालन गर्न रोक्न नहुने बताए ।