सडक डिभिजनले थाल्यो न्युरोडको सडक पिच, महानगरलाई क्षतिपूर्ति भराइने

काठमाडौँ । फुटपाथ विस्तारका लागि भन्दै काठमाडौँ महानगरपालिकाले काटेको न्यूरोड सडक डिभिजन कार्यालयले आफै कालोपत्रे गर्न थालेको छ ।

कार्यालय काठमाडौँले महानगरलाई क्षतिपूर्ति भराउनेगरी न्युरोडको सडक सोमबार बिहान कालोपत्रे गरेको हो ।

सडक विभागले पिच गर्न थालेपछि महानगर प्रहरी समेत न्युरोड पुगेको छ । मेयर बालेन शाहका समर्थकहरूले महानगरलाई काम गर्न नदिएको भन्दै अवरोध गरिरहेका छन् । अवरोधकैबीच सडक विभागका कर्मचारीहरूले न्युरोडमा सडक पिचको काम अघि बढाएका छन् ।

‘न्युरोड जस्तो क्षेत्रमा भद्रगोल भएसंगै हामी आफैले कालोपत्रे गर्न लागेका हौं,’ सडक डिभिजन कार्यालय काठमाडौँका इन्जिनियर प्रमोद खतिवडा भन्छन्, ‘कुल २१० मिटर लम्बाईमा कालोपत्रे हुँदैछ। दुवैतर्फ १.५ मिटर कटान गरिएको छ ।’

यसअघि सडक डिभिजन कार्यालयले काटिसकेको सडक दुई दिनभित्र नटाले कारबाही गर्ने चेतावनी समेत दिएको थियो ।

‘कारबाही हुन्छ । पहिले त्यहाँ काटिएको सडकका कारण मानिसहरूले सास्ती खेप्न नपरोस् भनेर सडक टाल्ने काम अघि बढाएका छौं,’ खतिवडाले भने ।

सडक डिभिजनले सडक टाल्न थालेपछि मेयर शाहले उक्त कदमको सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् । कालोपत्रे भएसँगै कति मात्रै कति खर्च हुन्छ जानकारी हुने बताए ।