चिकित्सक लाइसेन्सको नतिजा सार्वजनिक, ६१ प्रतिशत चिकित्सक फेल

काठमाडौं - गत बुधबार देखि सञ्चालन गरेको तीन दिने चिकित्सक नाम दर्ता परीक्षा (लाइसेन्स) को नतिजा प्रकाशित भएको छ ।

परिक्षामा ६१ दशमलव ६१ प्रतिशत चिकित्सक फेल भएका छन् ।

नेपाल मेडिकल काउन्सिलका अनुसार परिक्षामा सहभागिता कुल १ हजार ७ सय ९ जनामध्ये १ हजार ५२ अर्थात ६१ दशमलव ६१ प्रतिशत फेल भएका हुन् ।

सहभागी ६ सय ५३ जना अर्थात ४० प्रतिशत भन्दा कम चिकित्सक मात्र पास भएका छन् । परीक्षामा मेडिकल (एमबीबीएस) र डेन्टर (बीडीएस) गरी १ हजार ७ सय २६ जना फारम भरेका थिए ।