गुडिरहेको गाडीबाट खस्दा महिलाको मृत्यु

काठमाडौँ - गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा २१च ५३०१ नंको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको हो ।

करिब ४३ वर्षीया मृतक महिलाको पहिचान हुन नसकेको र पहिचानको प्रयास भइरहेको बताइएको छ । गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाद्वारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।