होमवर्क नगरेको भन्दै विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ  

काठमाडौँ ।  जिल्ला प्रहरी कार्यालय कास्कीले विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका ३२ स्थित युनिभर्स ईङ्लिस बोर्डिङ स्कुलका शिक्षक कास्कीको रुपा गाउँपालिका ६ का ३२ वर्षीय सुदिप अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।

जेठ १३ गते कक्षा ५ मा अध्ययनरत ९ वर्षका बालकलाई होमवर्क नगरेको र अक्षर नराम्रो भएको भनी बालकको संवेदनशील भागमा समेत शिक्षक अधिकारीले लठ्ठीले प्रहार गरी घाइते बनाएको जाहेरी प्रहरीमा परेको थियो।

जाहेरीका आधारमा प्रहरीले शिक्षक अधिकारीलाई पक्राउ गरी जिल्ला अदालतबाट बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा ५ दिन म्याद थप गरेर अनुसन्धान अगािड बढाएको छ।

उक्त कसूरमा १ वर्ष सम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको छ।