मन्त्रिपरिषद् हेरफेर गर्दै प्रचण्ड, रञ्जिता पर्यटनमन्त्री बन्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल हेरफेरको तयारी गरेका छन् । उनले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिमण्डल हेरफेर तयारी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने तयारी गरेको स्रोतको दाबी छ ।

हाल संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री माओवादीका हितबहादुर तामाङ छन् । बालुवाटार स्रोतका अुनसार रञ्जितालाई पर्यटनको जिम्मेवारी दिएपछि तत्कालका लागि हितबहादुरलाई प्रधानमन्त्री कार्यालयमा रहनेगरि विना विभागीय मन्त्री बनाउने तयारी छ ।

अहिले नेकपा माओवादी केन्द्रका तर्फबाट हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन् । श्रेष्ठलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएपछि प्रचण्डले तामाङलाई तत्कालका लागि प्रधानमन्त्री कार्यालयमा रहने गरी विनाविभागीय मन्त्री बनाउने तयारीसमेत गरेको स्रोतको भनाइ छ ।

कैलाली- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठले पनि आफू मन्त्री बन्न लागेको स्वीकार गरेकी छन् ।