गोदावरीका मेयर भ्रष्टाचार मुद्दामा निलम्बन !

काठमाडौँ - ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाएको छ । 

आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै  उनीहरूविरूद्द  विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
विशेषमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर महर्जन र अन्य कर्मचारी पदबाट निलम्बन भएका छन् । भ्रष्टाचार निवारण ऐनको दफा ३३ ले उनीहरू निलम्बनमा परेका हुन् ।